दाङमा जङ्गली च्याउ खादा दुई जना सिकिस्त बिरामी

दाङ,असार ३० । दाङको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका दुई जना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी ३८ वर्षीय यमाकुमारी कँवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेका छन् ।
बंगलाचुली गाउँपालिका–१ का विष्णु कुँवरले जङ्गलमा भटाएको च्याउ घरमा पकाएर खाँदा आमा छोरा बिरामी परेको जानकारी दिए । बिरामी दुवै जनाको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
वडा अध्यक्ष कुँवरका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।