दोषी उम्कँन नदिने गृहमन्त्री श्रेष्ठको अडान

काठमाडौं,असार ३० । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफसाउन र दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन् ।
भरतपुरमा आयोजित प्रेस सेन्टरको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए । तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताए।
‘‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन ।,’’ गृहमन्त्री श्रेष्ठले भने, ‘‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईँहरू काम गर्नुस् भनेका छौँ । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’’