एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा



काठमाडौं,असार ३० । सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार पर्साको विराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट सशस्त्र प्रहरीले एक करोड ३६ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना.६ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिलबिजकमा उल्लेखित मूल्यभन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिइएका ट्रकहरूमा किसमिस, भटमास, पिल्लो, नेटकटनलगायतका सामानहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्