राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गर्यो बझाङका जिल्ला संयोजक



काठमाडौं,साउन ९ । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।

पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डललाई आक्रमण गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्