नुवाकोट एमाले प्रचारप्रसार विभागको सचिवमा बलामी



नुवाकोट,साउन २१ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको प्रचारप्रसार तथा प्रकाशन विभागको सचिवमा समीर बलामी चयन भएका छन् । पार्टीका अध्यक्ष तथा प्रचार विभाग प्रमुख बद्री मैनालीको उपस्थितिमा सदस्यसहितको पूर्ण बैठकले बलामीलाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । 

शनिबार पार्टीका अध्यक्ष मैनालीले बलामीलाई पदवहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए । 

पदवहालीपछि नवनियुक्त सचिव बलामीले विभागका कार्यलाई व्यवस्थितरूपमा डिजीटल रुपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्