‘संसद तिन दलको मात्रै हो ? यी तीन दलले किन निषेधको राजनीति गरे ?’: राजेन्द्र लिङ्देन



काठमाडौं,साउन २३। राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले मात्रै बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको आरोप लगाएका हुन् ।

उनले समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए । सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै अध्यक्ष लिङ्देनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताए ।

देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उनको भनाइ छ । प्रतिपक्षी दल मात्र नभएर सरकार पनि संसद नचलोस् भन्नेमै रहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्