निर्माण व्यवसायीहरु राजनीतिक नेतृत्वको गलत मनशायका कारण समस्यामा परेका छन्ः अध्यक्ष सिंह



काठमाडौं,साउन २५ । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए ।

बिहीवार पनि नेपाल निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशाय र कर्मचारीहरुको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरुले भोग्नुपरेको भन्दै बताएका हुन् । उनीहरुले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भइ संसद भवन अगाडि पुगेर कोणसभा गर्दै माईतीघरसम्म धर्ना दिएका हुन् ।

उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्