खोज, उद्धार र राहत व्यवस्थापन थप व्यवस्थित बनाउने विषयमा छलफल
काठमाडौं,भदौ ३१ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा खोज, उद्धार तथा राहतका सामग्रीको भण्डारण र इन्भेन्टरीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको छ।
बैठकमा विपद्का क्रममा आवश्यक पर्ने सामग्रीको उपलब्धता, व्यवस्थापन तथा वितरणलाई प्रभावकारी बनाउनेसँगै हेलिकोप्टर उडान व्यवस्थापनलगायतका विषयमा पनि छलफल गरिएको छ।
यसैगरी, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समन्वयका लागि गठित परिचालन टोलीको बैठकले पछिल्लो २४ घण्टामा भएका खोज, उद्धार तथा राहतसम्बन्धी गतिविधिको प्रगति समीक्षा गरेको छ।
बैठकमा राहत तथा उद्धारका क्रममा देखिएका चुनौती, आवश्यक समन्वय र आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको जनाइएको छ।

