नुवाकोट थानापतिमा सडक दुर्घटना, स्वास्थ्यकर्मी श्रेष्ठ गम्भीर घाइते



नुवाकोट,साउन ३१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउमा सडक दुर्घटना भएको छ ।

सडक दुर्घटनामा स्थानीय थानापति स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी मिरा श्रेष्ठ गम्भीर घाइते भएकी छिन ।

छहरे-टोखा सडक खण्ड अन्तर्गत थापागाउँमा सडक पार गर्ने क्रममा स्वास्थ्यकर्मी श्रेष्ठलाई बा १७ च ११०१ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको स्थानीय युवा सुवर्ण सिटौलाले बताए ।

बुधबार बिहान भएको सो दुर्घटनामा घाइते श्रेष्ठलाई तत्काल उद्धार गरि एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको सिटौलाले बताए । घटनाको थप अनुसन्धान भैरहेको छहरे अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्