अब एमालेको कार्यक्रममा आसन ग्रहण नहुने, खादा र ब्याज लगाउने प्रवृत्तिको अन्त्य हुँदै



काठमाडौं,साउन ३१ । अब नेकपा एमालेले पार्टीका कार्यक्रममा आसन ग्रहण नगराउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै पार्टी अध्यक्ष केपी ओलीले यस्तो बताएका हुन् ।

उनले पार्टीको कार्यक्रममा आसन ग्रहणका कार्यक्रम नुहने बताए । उनले भने,– ‘अब एमालेले कार्यक्रममा आसन ग्रहण नगराउने निर्णय भएको छ । पार्टीले निर्णय गरिसक्यो छ, अब सर्कुलर जारी भएपछि लागू हुनेछ ।’ कार्यक्रममा व्याज र खादाको प्रवृत्ति पनि अन्त्य गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्