सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब कहाँ कति प्रतिशत बढ्यो ?



काठमाडौं,साउन ३१ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँग सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ ।

यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्