युवालाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउनु आवश्यकः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं,साउन ३१ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको उनले बताए । उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको उनको तर्क थियो ।
खतिवडाले उद्यमशिलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताए । उनले भने, उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर हुदैन । जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशिलता भएको छ ।
परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताए । अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताए ।
त्यस्तै,राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताए । उनले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गरे ।
विनाधितोको चुनौतिलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताए ।

