शौचालयको सेप्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु



कञ्चनपुर,साउन ३२। कञ्चनपुरमा एक जङ्गली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्