भोलि सार्वजनिक बिदा



काठमाडौं,साउन ३२ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको जनाएको हो । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने गरिन्छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्