तत्काल संसद् खोल्न रास्वपा सभापति लामिछानेको माग



काठमाडौं,भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै संसद् अवरुद्ध नगर्न चेतावनी दिएका छन् । 

शुक्रबार झापाको बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले  राजनीतिक खिचातानीका कारण धेरै समय संसद्लाई बन्धक बनाउन नमिल्ने बताए ।  

‘जनताका धेरै कुरा उठाउनु छ। जसकारण चाँडोभन्दा चाँडो सदन खुलाउन समेत सम्बन्धित पक्ष र दललाई यहाँबाट आग्रह गर्न चाहन्छु’, लामिछानेले भने। 

सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईंलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्