सुन प्रकरणमा अर्को छानबिन समिति बनाउँदा प्रमाण नष्ट हुन्छ : शर्मा
काठमाडौं,भदौ २ । पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उप–महासचिव जनार्दन शर्माले सुन तस्करी काण्डमा सिआईबीले गरिरहेको छानबिन प्रकृयालाई बीचमा नै रोकेर अहिले फेरि अर्को छानबिन समिति बनाउँदा प्रमाण झन् नष्ट हुने बताएका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शनिबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘‘छानबिनको प्रकृया कहाँ पुग्छ, कसरी आउछ, के प्रमाण आउँछ। त्यो आईसकेपछि चित्त नबुझे, अझ बढी छानबिन गर्नुपर्यो । त्यत्तिबेला गएर अरु थप छानबिन समिति बनाउनुपर्छ।’’
सुन काण्डमा संसदीय छानबिन समितिको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाल)ले संसद अवरोध गरेर जनताको आवाज उठाउने ठाउँ बन्द भएको उनको भनाइ थियो।

