एकीकृत समाजवादीले डाक्यो आइतबार पोलिटब्यूरो, मङ्गलबारदेखि केन्द्रीय कमिटी बैठक
काठमाडौं,भदौँ २ । नेकपा (एकीकृत समाजवादी)ले आइतबारदेखि पोलिटब्यूरो बैठक बोलाएको छ।
शनिबार बसेको सचिवालय बैठकले शनिबारदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो। यस्तै, मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठकपनि डाकेको छ।
पोलिटब्यूरो बैठक ४ गतेसम्म चल्नेछ भने केन्द्रीय समिति बैठक ७ गतेसम्म चल्नेछ।

