थानापति सेवा समाजकाे नवाैं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं,भदौ २ । थानापति सेवा समाजकाे नवाैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाकाे अवसरमा समाजका आजीवन सदस्य अन्तर्गत शैक्षिक क्षेत्र, प्राविधिक तथा पर्यटन क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जनज्ञान निकेतन माबिबाट शैक्षिक सत्र २०७७ देखि २०७९ सम्म कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र/छात्रालाई नगद सहित सम्मान गरिएको छ।
त्यस्तै समाजकाे आजीवन सदस्य रहेका जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियोे । शिवपुरी स्थायी घर भएका १३ जना युवा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, टोखा नगरपालिकाका अध्यक्ष प्रकाश अधिकारी लगायतको उपस्थिति रहेकोे थियोे ।

