प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित



काठमाडौं,भदौ ३ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रधानमन्त्रीले बैठक दुई दिन सार्न सभामुख देवराज घिमिरेसमक्ष अनुरोध गरेका हुन् ।दुबै शदनमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्