अर्थमन्त्री महत क्यानडा प्रस्थान



काठमाडौं,भदौ ४ । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा गएका हुन् ।

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेका छन् ।

अर्थमन्त्री डा. महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदैछन । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्