नुवाकोटमा बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु



नुवाकोट,भदौ ४ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा सोमबार विहान ९ बजे म्यागङ गाउँपालिकाको प्रदेश ०१–०२–झ ६०६५ नम्बरको बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिकाबाट साहुगाउँ तुप्चे हुँदै विदुरतर्फ आउने क्रममा बोलेरो र्दुघटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ पल्चोकका ५५ वर्षिय होमवहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी खगेन्द्र वहादुर खतिवडाले जानकारी दिए ।

मृतक वस्नेत लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि म्यागङ गाउँपालिकामा वस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्