कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री



विरेन्द्रनगर, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

उनले अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवम् आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू गम्भीर प्रकृतिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्