बद्री लोकमाला र अभय आनन्द आश्रमले गर्यो लाख दीप प्रज्वलन



काठमाडौं,भदौ ४ । लोक गीत संगीतमा चर्चा कमाउन सफल युट्युब च्यानल ‘बद्री लोकमाला’ र अभय आनन्द आश्रमले लाख दीप प्रज्वलन गरेको छ ।

सोमबार एक बृहत धार्मिक अनुष्टानका बीच दीप प्रज्वलन गरेको हो । दक्षिणकाली नगरपालिका वडा नम्बर ९ खार्पाचोकमा अवस्थित आश्रममा भएको दीप प्रज्वलनमा विभिन्न पेशामा आवद्ध नुवाकोट स्थायी ठेगाना भई राजधानी रहेका भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियोे ।

कार्यक्रममा अभय आनन्दको प्रवचन,बिष्णु गिरीको समुहको धार्मिक लोक खैचडी भजन,गायिका गीतादेवी र आर्यन बिरहीको धार्मिक गीत प्रस्तुति आकर्षक मानिएको थियोे । कार्यक्रममा मूल आयोजक लोक गायक बद्री सिटौलाको प्रस्तुति समेत रहेको थियोे । त्यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौला, गायक सुदर्शन अधिकारी, मिलन फिल्मका मिलन श्रेष्ठ, गायक रामेश्वर भण्डारी, टोखा नगरपालिका वडा नम्बर १ झोरका युवा नेता किशोर अधिकारी लगायतको समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्