रुडेक नेपालको पुस्तकालय ब्यवस्थापक तालिम सुरु



नुवाकोट,भदौ ५ । रुडेक नेपालले विभिन्न विद्यालयका शिक्षकलाई तालिम सुरु गरेको छ । जिल्लाको लिखु, तादी, ककनी र विदुर नगरका पुस्तकालय ब्यवस्थापक शिक्षकलाई तालिम सुरु गरेको हो ।

संस्थाले स्थानीय सरकारसग साझेदारीसंगै विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएको छ । पुस्तकालयमा एक ब्यवस्थापक शिक्षकलाई तालिम दिन सुरु गरेको हो । तालिममा विभिन्न विद्यालयका ३५ प्रशिक्षार्थी शिक्षक रहेका छन् ।

बट्टारस्थित होटल दरबार भ्यूमा सुरु भएको तालिमलाई रुडेक नेपालका एकराज कोइराला, बटुराम सापकोटा, राजकुमार गजुरेलले सहजीकरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्