एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली



बिराटनगर,भदौ ८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताएका छन् । 

विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेको चर्चा गरे ।

सुन तस्करीको छानविन विषयलाई सत्तासँग जोडेर हेर्न नहुने उनले बताए । एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि उनले बताए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाए । 

उनले भने, ‘तस्करी भयावह ढंगले भइराखेको छ । त्यो देशका लागि, देशको इज्जतको लागि, सबभन्दा ठूलो कुरो अर्थतन्त्रको लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पु¥याउँछ । यस हिसावले यो धेरै गम्भीर कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्