राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस
काठमाडौं,भदौ १० । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस गरेकी हुन् ।
त्यसैगरीउनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरेकि हुन्। त्यस अवसरमा सभापति राईले सभाले सो विधेयकमाथि गम्भिर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वास समेत व्यक्त गरिन् ।
राष्ट्रिय सभाको अर्को बैठक भदौं १८ गते सोमवार अपरान्ह १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

