सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पक्राउ
काठमाडौं,भदौ १३ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए ।
भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन् । सोही प्रकरणको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

