गिद्धका १३९ गुँड फेला परे



सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला परेको छ । गिद्धको अवस्था पत्ता लगाउन हरेक वर्ष यहाँ गिद्ध गुँडको अनुगमन गर्ने गरिएको छ । गत वर्षको तुलनामा थोरै घटेको अवस्थामा गुँड पाइएको छ । 

प्रदेशमा रहेको गिद्धको जम्मा गुँडमध्ये अधिकांश कञ्चनपुरमा रहेको छ । केही गुँड कैलाली र बैतडीको खोड्पेमा रहेको जनाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ । 

चराविद् हिरूलाल डङ्गौराका अनुसार गत वर्ष ११० वटा गुँड भेटिएको थियो । हिरूलालले लालझाडीको पर्सिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, तारापुर पोस्ट, भाटपुरीफाँटा र बन्साहाको मध्यवर्ती क्षेत्रमा गिद्धको गुँड अनुगमन गर्दै आउनुभएको छ । यो जिल्लामा डङ्गर, सानो खैरो र सुनगिद्धले गुँड बनाउने गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्