टस हारेको भारत पहिले ब्याटिङमा



काठमाडौं,भदौ २४ । एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्नुभएको हो । समूह चरणमा भने यी दुई टोलीबिचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर चारमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पाकिस्तानले सुपर चारको पहिलो खेलमा बङ्गलादेशलाई सात विकेटले हराएको थियो । भारत पनि सुपर चारमा पाकिस्तानविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा छ । 

प्रतिक्रिया दिनुहोस्