आठ क्विन्टल काजु बरामद



वीरगन्ज,भदौ २५ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज १० स्थित एक गोदाममा छापामारी आठ क्विन्टल काजु बरामद गरेको छ । 

सशस्त्र प्रहरीले भन्सार छली भित्र्याइएको आशंकामा विशेष सूचनाको आधारमा सो परिमाणको काजु बरामद गरेको हो । 

वीरगञ्ज महानगरपालिका –१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलको मगनी राउतको घरमा रहेको गोदाममा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दिपेन्द्र शर्मा पौडेलको नेतृत्वमा खटिएको टोलिले काजु बरामद गरेको छ ।  

सशस्त्र प्रहरीका नायब उपरीक्षक सिंहले बरामद गरिएको काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँ रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्