काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौँ,भदौ ३० । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ ।
ती चारैजनाको धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
गएराति भएको हत्यामा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका रहेका छन् । ४ जनाकै शव दिव्य सः मिल भित्र भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । घटनाको अनुसन्धान भैरहेको छ ।