सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत फेला
सुनसरी,कात्तिक २ । सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका एक युवक सोमबार बिहान मृत फेला परेका छन्।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइराला रहेका छन्। उनी आइतबार साँझ सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृतकको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।

