आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं,भदौ ३१ । भदौ महिनाको अन्तिम दिन सुनको भाउ उकालो लागेको छ । भदौ मसान्त अर्थात आज (भदौ ३१ गते) छापावाला सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, आइतबार भने बढेर १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आजका चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार ४०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्