तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारी पक्राउ



काठमाडौं,भदौ ३१ । प्रहरीले काडमाडौंको तीनकुनेको काठ गोदाममा भएको सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भएपनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो।

तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने सञ्जयले प्रहरीसामु लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नवीन राईको हत्या गरेपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई बताउने डरले अन्य तीनजनाको पनि हत्य गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए।

शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्