अर्थतन्त्रमा क्रमिक सुधार: अर्थमन्त्री



काठमाडौ,असोज १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक  सुधार आइरहेको बताएका छन् ।

आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार आइनसकेको भए पनि विप्रेषण आप्रवाह, पर्यटक आगमनमा वृद्धि आएको र आर्थिक गतिविधि पनि बढ्दै जान थालेको बताएका हुन् ।

बजारमा पुँजी प्रवाह बढाउँदै लगेर आर्थिक गतिविधि विस्तारमा ध्यान दिन वित्तीय संस्थाहरूलाई उनले आग्रह गरे। वाणिज्य बैङ्कहरू, सञ्चय कोष जस्ता निकायले पुँजी परिचालन गर्ने र रोजगारी विस्तारलगायतका गतिविधि बढावा दिन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्