फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं,असोज २। सुनको मूल्य फेरि महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख १३ हजार रुपैयाँ पुगेको छ । तर, सोमबार भने १ लाख १२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

आजका लागि तेजावी सुनको मूल्य १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । तेजावी सुन सोमबार १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजारज ४१० रुपैयाँ पुगेको छ । सोमबार भने १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्