एमाले बागमतीलाई लाग्यो अधिवेशन, सर्वसम्मतिबाटै नेतृत्व चयन हुन्छः प्रचार प्रमुख बर्तौला



काठमाडौं,असोज २ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन नजिकिएको छ । अबको एक सातापछि एमाले बागमती प्रदेशले नयाँ नेतृत्व चयन गर्दै छ ।

आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनको तयारीले तीव्रता पाएको छ । यति बेला बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाबाट प्रतिनिधि छनोटको अन्तिम चरणमा पुगेको एमाले उपसचिव एवम् प्रचार प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

१९९ वटा मध्ये हालसम्म ११४ वटा पालिकाबाट प्रतिनिधि छनोट सम्पन्न भइसकेको बर्तौलाले बताएका छन् । अब ४ वटा पालिकाको मात्रै बाँकी रहेको एमाले बागमती प्रदेशले जनाएको छ । बागमती प्रदेका १३ जिल्लाबाट एमालेका सबै प्रतिनिधि भुगोलबाट चुनिएर आउनेछन् ।

करिब १ हजार ३०० बढी प्रतिनिधि सहभागी हुने एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जाकनारी दिए । अगामी सोमबार काठमाडौँको भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने भएकाले एमालेका नेता कार्यकर्ताहरु एक आपसमा उम्मेदवारको चर्चा चलाएका छन् ।नेतृत्वको लागी नेकपा एमालेका दुई केन्द्रीय सदस्य कृष्ण दाहाल र कैलाश ढुङ्गेल पनि प्रतिनिधि बनेर आएपछि नेतृत्वको आकांक्षी देखिएका छन् । दुई केन्द्रीय सदस्य नै प्रदेश अधिवेशनमा प्रतिनिधि आउँदा निर्वाचनको आशङ्का गरिएको छ । यसले एमाले बागमती प्रदेशको अधिवेशनको माहोल उर्लिएको छ ।

सर्वसम्मतिबाटै नेतृत्व चयन गरिने एमाले बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताए । पार्टीलाई सबल र सुदृढ बनाउन पनि सर्वसम्मतिबाटै नेतृत्व चयन हुने बताइएको छ। उनले भने,–‘गत निर्वाचनमा पार्टी बागमती कमजोर अवस्थामा रह्यो । तर, अब पार्टीको कामलाई सबल र सुदृढ बनाउनुपर्ने छ । त्यसका लागि हामीले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।’

बागमती प्रदेशको ठुलो भूगोलमा पार्टी कमजोर रहेकाले कार्यकर्ताको मनोबल पनि बढाउने गरी नेतृत्व छनोट गरिने बर्तौलाको भनाई छ । उनले भने,–‘पार्टी बागमती प्रदेशको ठुलो भूगोलमा कमजोर अवस्थामा छ । यस्तो अवस्थामा चुनाव गरेर नेतृत्व चयन गर्दा कार्यकर्तामा फुट आउन सक्छ । तर, कार्यकर्ताको मनोबल बढाउने गरी नै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्छ ।’ युवापंक्तिबाट पनि सर्वसम्मति नेतृत्व चयनका लागि पहल भइरहेको प्रमुख बर्तौलाले बताए ।

एमाले बागमतीको नेतृत्वका लागि तीन केन्द्रीय सदस्यसहित चार जना आकाङ्क्षी देखिएका छन् । मकवानपुरबाट कृष्ण दाहाल, रामेछापबाट कैलाश ढुङ्गेल एमाले बागमतीको नेतृत्वका लागि इच्छुक देखिएका छन् । यता, एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशवराज पाण्डे पनि पुनः अध्यक्ष बन्न कस्सिएका छन्। हालसम्म यी तिन जना नै नेतृत्वका आकाङ्क्षी देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्