उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित, महासचिवमा दुर्गाराज



काठमाडौं,असोज २ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन र जय सिवाकोटी निर्विरोध चयन भएका छन् । महासचिवमा दुर्गाराज श्रेष्ठ र सचिवमा शुष्मा महरा निर्विरोध निर्वाचित भएका हुन् ।

कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा नानीराज घिमिरे निर्विरोध भए । त्यस्तै सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दिपक भण्डारी, शिशिर गौतम, दिपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्