शिक्षा विधेयकविरुद्ध शिक्षक सडकमा, काठमाडौंको सवारी ब्यवस्थापन अस्तव्यस्त



काठमाडौं,असोज ३ । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् ।

विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर  काठमाडौं उत्रिएका हज्जारौं शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

नेपाल शिक्षक महासंघको आव्हानमा भएको आन्दोलनमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शिक्षकहरुको मार्चपास भइरहेको छ । राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् । आन्दोलनको कारण ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्