कक्षाकोठामा हुनुपर्ने शिक्षक सडकमा, काठमाडौंको ट्राफिक अस्तव्यस्त



काठमाडौं,असोज ३ । कक्षाकोठामा हुनुपर्ने शिक्षक शिक्षिकाहरू आज सडकमा आएका छन् । विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्