विद्यालय बन्दले ८० लाख विद्यार्थीको पढाई अवरुद्ध, डेढ करोड भन्दा बढी अभिभावक चिन्तित



काठमाडौं,असोज ४ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय बन्दले करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध भएको डेढ करोड भन्दा बढी अभिभावक चिन्तित बनेको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण अभिभावक चिन्तित भएको बताएको हो ।

आफ्नो पेसागत अधिकारको माग राख्दै शिक्षकहरूको आन्दोलनका कारण विद्यालय भएकोप्रति महासंघले आपत्ति समेत जनाएको छ । शिक्षक कर्मचारीहरूले उठान गरेका मागहरूप्रति सम्मान र समर्थन गर्दै विद्यालय बन्द गराएको प्रति आपत्ति जनाएको हो ।

बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्