उग्र रुप लिदै शिक्षक आन्दोलन, बानेश्वर तनावग्रस्त



काठमाडौं,असोज ४। सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुको आन्दोलन उग्र बनेको छ। माइतीघरबाट बानेश्वर मार्चपास आएका आन्दोलनकारी बानेश्वरको प्रहरी घेरा तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका छन्। सो पश्चात स्थिति तनावग्रस्त बनेको छ। नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्