शिक्षकलाई निजामती सरह सेवा सुविधा चाहिन्छ-वरिष्ठ उपाध्यक्ष धामी राहत शिक्षक (भिडियो)



काठमाडौं,असोज ४ । राहत शिक्षक संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष नविनसिंह धामीले शिक्षकलाई पनि निजामती सरह सेवा सुविधा हुनुपर्ने माग राखेका छन् ।

शिक्षक महासंघको बुधबारदेखि राजधानीमा भैरहेको सडक संघर्ष तथा नयाँ शिक्षा विधेयकको विरुद्धमा भैरहेको आन्दोलनमा मन्तव्यका क्रममा उपाध्यक्ष धामीले यस्तो माग राखेका हुन ।

शिक्षक समाज रुपान्तरणको अगुवा भएको बताउदै धामीले शिक्षक माथिको अन्याय र भेदभावको टुङ्गो लगाउन आन्दोलन अगाडि बढेको बताए । ‘कि निजामती सरह सेवा सुविधा देउ कि निजामतीलाई शिक्षक सरह बनाउ’ उपाध्यक्ष धामीले भने -‘जनताको छोराछोरीमा सरकारको भेदभाव ज्यादा भयो, फस्ट क्लास शिक्षक आफ्नो सवारीसाधनमा हिड्नुपर्ने?त्यही सन्तान जनताको रगतमा सरकारी गाडीमा हिड्ने? यो परिपाटी सच्चिनुपर्छ।’

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्