निष्कर्षविहीन बन्यो सरकार र शिक्षक महासंघबीचको वार्ता, आन्दोलन जारी रहने



काठमाडौँ,असोज ४  । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।

दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै कानुनमन्त्री धनरज गुरुङले सकारात्मक  छलफल भएको दाबी गरे । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउन प्रयास गरिने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो । 

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आजको बैठकमा सामान्य छलफलमात्रै भएको बताए । उनले भने,’औपचारिक वार्ता गर्न समितिका लागि पत्र लेखिँदैछ । आजको लागि माहोल तयार मात्रै भएको हो । पत्र आएपछि औपचारिक वार्ता हुन्छ ।’  

प्रतिक्रिया दिनुहोस्