विद्यालय छाडेर शिक्षकहरू सडकमा



काठमाडौं,असोज ५ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं माइतीघरमा गरेको धर्ना बिहीवार पनि जारी छ ।

बुधवारबाट शुरु भएको धर्नाका लागि देशैभरका जिल्लाबाट शिक्षकहरू आएका छन् । उनीहरू विद्यालयको पठनपाठन बन्द गराएरै धर्नाका लागि आएका हुन् ।  

धर्नापछि गरिएको प्रदर्शनका कारण बिहीवार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको यातायात पूर्णरूपमा अवरुद्ध बन्यो । 

प्रतिक्रिया दिनुहोस्