विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिन गाउँपालिका महासंघको माग



काठमाडौँ,असोज ५ । विवादमा परेको विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिन गाउँपालिका राष्ट्रिय महासंघले संघीय सरकारसँग माग गरेको छ । संघीय सरकारले विद्यालय शिक्षा सम्वन्धी न्युनतम नीति तथा मापदण्ड मात्रै बनाउनु पर्नेमा विधेयक नै ल्याउनु संविधान र संघीयता विपरित भएको महासंघको ठहर छ ।

महासंघका कोषाध्यक्ष उमेशप्रसाद भट्टले संविधानमा विद्यालय शिक्षाको सम्पुर्ण अधिकार स्थानीय सरकारलाई दिइएकाले विद्यालय शिक्षा सम्वन्धी कानुन बनाउने अधिकार स्थानीय सरकारलाई नै रहेको स्पष्ट पारे ।

उनले कतिपय स्थानीय सरकारले आफै कानुन बनाईसकेको अवस्थामा संघीय सरकारले विद्यालय शिक्षा सम्वन्धी विधेयक ल्याउनु नै गलत भएको तर्क गरे । “संघीय सरकारले संघीय शिक्षा ऐन ल्याउन मिल्छ, तर विद्यालय शिक्षा ऐन ल्याउन मिल्दैन, यो सरासर संविधान र संघीयताको मर्म विपरित छ,” उनले भने

प्रतिक्रिया दिनुहोस्