४०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,असोज ५ । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख १२ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । सोही मूल्यमा आज खरिदबिक्री हुनेछ । यता, तेजावी सुनको भाउ भने १ लाख ११ हजार ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल् भने वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई १ हजार ४२५ रुपैयाँ पुगेको हो । अघिल्लो दिन भने १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्