कार्यवाहक प्रधानमन्त्रीले दिए शिक्षकसँगको वार्ता आजै टुङ्गो लगाउन निर्देशन



काठमाडौं,असोज ५ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिए ।

रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधान एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका हुन् ।

शिक्षकका जायज मागहरु सम्बोधन हुनेगरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्