शिक्षा विधेयकमा भएको त्रुटि सच्याउनु पर्छ- गगन थापा



काठमाडौं,असोज ५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत हप्ता संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा भएका कमिकमजोरी सच्याउनु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको श्री नन्दी माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको उद्धघाटन गर्दै थापाले शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति आफू जानकार रहेको समेत बताए ।

संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे । थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्