शिक्षकको आन्दोलनको समर्थनमा निस्किएका वैद्य निकट विद्यार्थीहरु पक्राउ



काठमाडौं,असोज ५ । शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनरत शिक्षकहरुको प्रदर्शनमा समर्थन जनाउन पुगेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीको विद्यार्थी संगठनका विद्यार्थीहरुको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले केहि विद्यार्थीहरुको समुहलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको उनले पुष्टी गरे।

प्रतिक्रिया दिनुहोस्